+
+

दार्चुलामा पहिरो: एकको मृत्यु, ४ जना घाइते

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७५ साउन ९ गते ८:१७


९ साउन, दार्चुला । पहिरोले पुरेर दार्चुलामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका– ९ का मानबहादुर विकको घर पहिरोले पुरिँदा साेही नगरपालिकाकाे वडा नं. २, रौतेडाका २२ वर्षीय नरेश ओडको मृत्यु भएको हो ।

बुधबार बिहान करिब ३ बजेतिर घरमाथिबाट खसेको पहिराले पुरेर सुतिरहेकै अवस्थामा ओडको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोकुलेश्वरका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

निर्माण मजदुर ओडसँगै अन्य ४ जना पनि सुतेका थिए । तर उनीहरूले भागेर ज्यान जाेगाएका छन् । यद्यपि, उनीहरू पनि सामान्य घाइते भएकाे प्रहरी निरीक्षक बाेहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?