२० साउन, काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको कार्यसमितिको अध्यक्षमा कुन्दन शर्मा मिश्र चुनिएका छन् ।
समितिको उपाध्यक्षमा जानकी प्रसाद उपाध्याय, सचिवमा सन्तोष विक्रम थापा, सह-सचिवमा सिद्धार्थ विश्वकर्मा र कोषाध्यक्षमा रोशनी पौडेल छन् ।
यसैगरी सदस्यहरुमा सुरेन्द्र सिंह लामा, राम प्रसाद लामिछाने, प्रदीप गैरे र सृजना नेपाली चयन भएका छन् ।
कार्यक्रममा अध्यक्ष मिश्रले यूनियनले बोर्डलाई दीर्घकालिन हितका लागि खबरदारी मात्र हैन, सहयोगी संस्थाको रुपमा सदैव योगदान पुयाएको र आगामि दिनमा अझ सक्रिय योगदान पुयाउने बताए ।
बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले बोर्डको युनियनले एकताको भावना राखि ब्यवस्थापनलाई पुयाएको योगदान कदरयोग्य रहेको बताए ।
यसैगरी ट्रेड युनियनकर्मी डा. रेणु थापाले बोर्डको यूनियनको भूमिका उदाहरणीय रहेको र आगामि दिनमा आफैं उदाहरण बनेर ब्यवस्थापनलाई परिवर्तनका लागि दबाव दिन सुझाव दिइन् ।
कार्यक्रमका बोर्डको यूनियनका पूर्व अध्यक्षहरु काशिराज भण्डारी, दिपकराज जोशी, प्रदीप बस्नेत र सुधन सुवेदीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4