+
+

भीमफेदी गाइज भन्दैछ ‘ए सरकार !’

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २७ गते २०:२४

काठमाडौं । गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवशको दिन पारेर भीमफेदी गाइज्ले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । पुष्पण प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको संगीत छ ।

रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा भीमफेदी गाइज्को अभिनय रहेको र निर्मल लामाको निर्देशन छ । भिडियोलाई पवन सुस्लिङले खिँचेका हुन् ।

बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?