२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् ।
संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने बताए ।
उनले अघि भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4