Comments Add Comment

नेप्सेले आशा जगायो, साताभरमा डेढ अर्बको कारोबार

१ भदौं, काठमाडौं । पूँजीबजार लगानीकर्ताहरुका लागि यो साता त्यति फलादायी बन्न सकेन । साताभर भएको कारोबार फलदायी बन्न नसके पनि लगानीकर्ताहरुका लागि यो साताको अन्तिम दुई दिनको कारोबारले आशा भने जगाएको छ ।

लामो समयदेखि ओरालो लागेको बजारमा साताको अन्तिम दुई दिन अर्थात बुधबार र बिहीबार भने उकालो लाग्यो । बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेपछि लगानीकर्ताहरु हर्षित देखिएका हुन् ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म २२ हजार ५ सय २० वटा कारोबार भए ।

कारोबार रकममा उल्लेखीय सुधार

सातामा ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेले दिएको जानकारी अनुसार ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले घटेर अन्तिम दिन १२ सय १०.३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले घटेर २५५.३८ अंकमा आइपुगेको छ ।

कारोबार रकममा नेपाल लाइफ अग्रस्थानमा

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । सात करोड ८४ लाख रुपैयाँको कारोबार गदै नेपाल लाइफ पहिलो स्थानमा देखिएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । -एक लाख ७५ हजार कित्ता कारोबार गर्दै मेगा अग्रस्थानमा देखिएको हो । उता कारोबार संख्या १ हजार २ सय ६५ का आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ पछि नविल बैंक देखिएको छ । यसैगरी प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नविल बैंक संस्थापक कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment