+
+

विश्वविद्यालयहरु अनुसन्धानमा लाग्नुपर्छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १५:४६

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुले देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंको बालुवाटटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारण सभालाईसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले पठनपाठनमात्र नभई अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् ।

‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्दछ’ उनले भने, ‘त्यहाँ पठन पाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ । ”

सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । विश्वविद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?