काठमाडौं । रौतहट प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी असोज ११ देखि सुरु हुने भएको छ ।
आयोजक ओमेगा माध्यमिक विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार २० असोजसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।
खेलहरु श्री चिनी मिलको मैदान, गौरमा हुनेछ । विजेताले ३ लाख ५० हजार जाउनेछ भने दोस्रो टिमले १ लाख ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पाउनेछ ।