+
+

काठमाडौं उपत्यकामा ४ दिन जोर-बिजोर प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १८:०१

११ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मंसिर १३ गते देखि १६ गतेसम्म सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंमा हुन गइरहेको एसिया प्यासेफिक समिटमा सहभागी हुन आउने विभिन्न राष्ट्रका अतिबिशिष्ट तथा बिशिष्ट पाहुनाको आवागमनलाई सहज गर्न जोर-विजोर प्रणालीमा सवारी सञ्चालनमा गर्न लागिएको हो ।

गृह मन्त्रालयको निर्देशन अनुसार १३ र १५ गते बिजार तथा १४ र १६ गते जोर नम्बरका मात्रै सवारी चल्न पाउने व्यवस्था गरिएकने महाशखाले जानकारी दिएको छ ।

सवारी साधनको नम्बर प्लेटको अन्तिम नम्बरका आधारमा जोर-विजोर प्रणाली लागू हुने महाशाखाले जनाएको छ । अत्यावश्यक सेवा शैक्षिक संस्थाका हबकमा यो नियम लागू हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?