Comments Add Comment

साहित्यकारलाई मन्त्रीको सुझाव : सत्ता र शक्तिको गुणगान नगर्नुस्

२४ मंसिर, बुटवल । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सत्ता र शक्तिको गुणगानसाहित्य हुन नसक्ने बताएका छन् । उनले साहित्यकारहरु स्थायी प्रतिपक्षी भएर सत्ता र शक्तिलाई सधैं खबरदारी गरिरहनुपर्ने बताए ।

न्यू होराइजन साहित्य परिषदले प्रकाशन गरेको हाम्रो न्यू होराइजन पुस्तकको सोमबार विमोचन गर्दै मन्त्री बरालले राज्य सत्ता बेलाबेलामा अन्धो हुने र गल्ती कमजोरी गर्ने हुँदा साहित्यकारले रचनात्मक आलोचनामार्फत आँखा देखाइदिनुपर्ने बताए ।

‘सत्ता र शक्तिको वरिपरि घुमेर गुनगान गरेर लेखिन्छ भने त्यो साहित्य नै होइन, त्यस्तो लेखाइले साहित्यको मर्म र आत्मा मारेको हुन्छ’ मन्त्री बरालले भने, ‘साहित्यकारको धर्म शक्तिहीन र अधिकारविहीनको पक्षमा बोल्ने हो ।’

उनले सामाजिक सञ्जालको बढ्दो प्रयोग, अरुको नक्कल गरेर चर्चामा आउन खोज्ने कस्मेटिक सोच र चिन्तनले साहित्यमा साधना हराउंदै गएकोतर्फ गम्भीर बन्न समेत साहित्यकारहरुलाई सुझाव दिए ।

मन्त्री बरालले साहित्य र बिजनेस (ब्यापार) लाई संगसंगै नलैजान समेत आग्रह गरे । उनले विषयविज्ञलाई नै कार्यक्रममा प्रमुख अतिथि बनाउने अभ्यास गर्न सुझाव दिंदै साहित्यको विषयसंग सम्बन्धित कार्यक्रममा बोलाएर आफूलाई बकुल्लो बनाइएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment