+
+

बालगायक प्रिन्सको दोस्रो म्यूजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ५ गते १७:१३

६ माघ, काठमाडौं । ११ वर्षीय बालगायक प्रिन्स सिलवालको ‘न मानामा नापिन्छ मायाको’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पर्यटकीय क्षेत्र चितवनको सौराहामा छायांकन गरिएको भिडियोमा मौलिक पोषाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । गीतमा उनीसँगै किशोरी निशा पाण्डे र जेनी धमला फिचरिङ छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा बनेको म्यूजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रममा प्रिन्सले गीतबाट दर्शकहरुको साथ पाउने आशा गरिएको बताए । उनी हाल गोल्डेन होराइजन एकेडेमी काठमाडौमा कक्षा ५ मा पढ्दै छन् ।

म्युजिक भिडियोका निर्देशक सञ्जय पाण्डेले प्रिन्सको प्रस्तुति उत्कृष्ट रहेकाले भविष्य उज्वल रहेको प्रतिक्रिया दिए । बसन्त वित्यासी थापाको शब्द, अशोक लोहारुङ राईको संगीत रहेको गीतको भिडियोको नृत्य निर्देशन कृष्ण रसालले र छायांकन चक्र महर्जनले गरेका हुन् ।

उक्त म्यूजिक भिडियोलाई ‘वेष्ट टोन म्यूजिक’ले युट्यूवमा ल्याएको हो । यसअघि प्रिन्सले दशैंको अबसरमा ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियोसहित बजारमा ल्याएका थिए ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?