+
+

कांग्रेसको ठहर : सरकारको निरंकुश कार्यशैली प्रष्ट भयो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १२ गते ४:००

११ माघ, काठमाडौं । नेपाली कांग्रेसले आफूहरुको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित गराउनुले सरकारको निरंकुश कार्यशैली प्रष्ट भएको ठहर गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले आफैले डा. गोविन्द केसीसँग गरेको सम्झौता विपरीत तयार पारेको विधेयक सरकारले बलजफती पारित गराउनु निरंकुश कार्यशैली र गैरजिम्मेवारीपन भएको बताएको छ । कांग्रेसले यो विधेयक सच्याउन संसद भित्र र बाहिर पनि क्रियाशील रहने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

कांग्रेसले चिकित्सा शिक्षा पारित गराउने क्रममा सभामुख कृष्णबहादुर महराले संसदलाई सत्ताको शक्तिको लाचार छायाँ बनाउन खोजेको पनि अराोप लगाएको छ ।

‘संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन । निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ । स्थापित नजिर र परम्परा जोगिन्छ, लोकतान्त्रिक अभ्यास पुष्ट हुन्छ तर संसदको आजको बैठकमा सम्माननीय सभामुखको भूमिका यस्तो अपेक्षा विपरीत हुन पुग्यो । यो दुर्भाग्यपूर्ण हो’ कांग्रेसको निर्णयमा भनिएको छ ।

निर्णयमा अघि भनिएको छ ‘संसदलाई सत्ताको शक्तिको लाचार छायाँ बनाउन खोज्ने प्रयत्न नेपाली कांग्रेस निम्ति स्वीकार्य छैन ।’
कांग्रेसले सुलभ तथा सरल स्वास्थ्य शिक्षा एवं सेवाको सुनिश्चितताको माग राख्दै आएका डा. केसीको जीवन रक्षाको पनि माग गरेको छ ।

त्यस्तै तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको भन्दै सरकारको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्य विरोधी भएको आरोप लगाएकाो छ । ‘सरकारको यो कार्यप्रति नेपाली कांग्रेसले गर्दै आएको आफ्नो विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउन निर्णय गर्दछ’ कांग्रेसको निर्णयमा भनिएको छ ।

अधिनायकवादी शैली उजागर भयो : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी संसदको घटनाले सरकार र यसको नेतृत्वको अधिनायकवादी आकांक्षालाई उजागर भएको बताएका छन् । स

रकारको व्यवहारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति निष्ठा कायमै रहेको पुष्टि भएको पनि शर्माले बताएका छन् । उनले सभामुखले संसदको साझा नेताको भूमिका निर्वाह गर्न नसकेको पनि आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?