१२ माघ, काठमाडौं । स्वीटजरल्याण्डको भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आ-आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् ।
स्वदेश र्फकने क्रममा शनिबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’
विमानस्थलमा पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई तपाईले गोविन्द केसीसँग गरेको सम्झौताविपरीत संसदबाट चिकित्सा विधेयक पारित भएको छ, यसमा के भन्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । प्रधानमन्त्री ओलीले डा. केसीको नाम लिएनन्, तर आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने बताए ।
सञ्चारकर्मीले डा. केसीको मागका विषयमा दोहोर्याएर प्रश्न गर्दा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ ।’
संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हुने भन्दै उधुम विषय नभएको प्रतिक्रिया दिए ।
नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको विषयमा जारी गरेको वक्तव्यका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने ‘म भर्खर आएको छ, यसबारेमा बुझ्छु ।’
यो पनि पढ्नुहोस्
स्वीटजरल्याण्डबाट फर्किए प्रधानमन्त्री, नेविसंघले देखायो कालो झण्डा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4