१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।
पाँचौ विकेटको रुपमा सन्दीप जोरा एक रनमै आउट भए । योसँगै नेपाल पुरै दबाबमा आएको छ । नेपालका महत्वपूर्ण पाँच विकेट सस्तैमा गुमेपछि नेपाल दबाबमा आएको हो । यसअघि चौथो विकेटको रुपमा नेपालले करण केसीलाई गुमाएको थियो । करण केसी २० रनमा आउट भएका थिए ।
नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्यमै आउट भएका थिए ।
१०औं ओभरको खेल चलिरहदा नेपालले पाँच विकेटको क्षतिमा क्षतिमा ४६ रन बनाएको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4