Comments Add Comment

घुस प्रकरणमा न्यायाधीश बानियाँ पनि मुछिए

अनुसन्धान गर्न न्यायपरिषदलाई अख्तियारको पत्र

१ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएको छ ।

सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सल्लाह र सहमतिमा घुस लिएको बताएपछि अख्तियारले न्यायाधीशमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएको हो ।

अख्तियारले बानियाँमाथि अनुसन्धान गर्न आफूले प्राप्त गरेका कागजातसहित न्यायपरिषदमा पत्र पठाएको हो । संविधान र कानूनअनुसार न्यायाधीशमाथि अनुसन्धान गर्न अख्तियारको क्षेत्राधिकार नभएकाले उसले न्यायपरिषदमा लेखी पठाएको हो ।

काठमाडौं जिल्ला अदालतको फाँट नम्बर २६ मा कार्यरत नायब सुब्बा चालिसे सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

अख्तियारले उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएकाले ५ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment