Comments Add Comment

हत्याराको विश्व कीर्तिमान, केवल रुमालले गरे ९ सय जनाको हत्या

दुनियाँमा केही यस्ता सिरियल किलरहरु छन् जसले मान्छेको सिलसिलेवार हत्या गरी संसारलाई नै त्राहीमाम बनाउन सफल भए । वर्षौंअघि यस्तै एकजना भारतीय सिरियल किलर थियो, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेको छ ।

उक्त सिरियल किलरको नाम हो, ठग बेहराम । उसलाई किंग अफ ठगको नामले पनि चिनिन्थ्यो । सन् १७९० देखि १८४० को बीचमा निकै कुख्यात रहेको ठगको नाम सुन्दा तत्कालीन अंग्रेजहरु पनि डराउँथे । किनकि, उसको लुट तथा हत्याको तरिका निकै रहस्यमय तथा डरलाग्दो थियो ।

भनिन्थ्यो, बेहराम एकपटक जुन बाटोबाट हिँड्थ्यो, त्यहाँ लासको थुप्रो जम्मा हुन्थ्यो । ऊ आफ्नो गिरोहको नाइके थियो । सो गिरोह भेष बदलेर पर्यटक र व्यापारीहरुको बीचमा घुस्ने र मौका मिल्नासाथ मान्छेको हत्या गरी पैसा र सामान लुट्ने गर्दथ्यो ।

एक रिपोर्टअनुसार, बेहरामले आफ्नो जीवनमा ९ सय ३१ जना मानिसको हत्या गरेको थियो । उसले ती हत्याको अपराध पनि स्वीकार गरेको थियो । रोचक त के भने उसले आफूसँग एउटा रुमाल राख्दथ्यो । अनि त्यहीँ रुमाले मान्छेको घाँटीमा बाँधेर ९ सय भन्दा धेरैको हत्या गरेको थियो । उसको त्यो हत्या तथा अपराधका कारण उसको नाम गिनिज बुकमा समेत दर्ज छ ।

सन् १८०९ मा अंग्रेज सासकले बेहरामको गिरोहले गरेका हत्याका सम्बन्धमा पत्ता लगाउन एक टोली गठन गर्यो । सोही टोलीले बेहरामको नेतृत्वमा रहेको २ सय जनाको हत्यारा टोलीले ९ सय भन्दा धेरै मानिसको हत्या गरेको ठहर गरेको थियो ।

अन्ततः त्यसको १० वर्षपछि बेहराम पक्राउ पर्यो । त्यतिबेला उसको उमेर ७५ वर्ष थियो । सन् १८४० मा बेहरामलाई फाँसीको सजायँ दिइयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment