+
+

टुँडिखेलमा ६९ औं प्रजातन्त्र दिवस, हेर्नुस् १० तस्वीर

चन्द्र आले चन्द्र आले
२०७५ फागुन ७ गते १३:४१

७ फागुन, काठमाडौं । आज प्रजातन्त्र दिवस । २००७ सालमा राणाशासन अन्त्य भई प्रजातन्त्र बहाली भएको खुशियालीमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो। ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी भएका थिए ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न खेल कौशल र कवाज प्रदर्शन गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?