Comments Add Comment

सिद्धार्थ बैंकको २ शाखाहरुको उद्घाटन

९ फागुन, काठमाडौं ।  सिद्धार्थ बैंकको भरतपुर र गैंडाकोटस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन भएको छ । बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दहाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालबाट संयुक्त रुपमा भएको थियो ।

बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालबाट संयुक्त रुपमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment