+
+

सोनिकालाई मिस झापा कलेज–२०१९ को ताज

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते २१:३२

झापा । मिस झापा कलेज डिभा–२०१९ को ताज झापा बिर्तामोडकी सोनिका राजवंशीले जितेकी छन् ।

बिर्तामोडको देवी मावि कक्षा १२ मा अध्ययनरत राजवंशीले अन्तिम चरणमा पुगेका ११ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन् ।

योसँगै उनले नगद २५ हजार रुपैयाँसहित ग्लोबल कलेज अफ मेनेजमेन्ट, काठमाडौं वा बिर्तामोडको गोमेन्द्र कलेजमा निःशुल्क स्नातक तह अध्ययन गर्ने अवसर पनि पाएकी छन्।

प्रतियोगिताको फस्ट रनरअप देवी माविकै कक्षा १२ मा अध्ययनरत भद्रपुर ३ की कामना नेपाल र सेकेण्ड रनरअप कोहेड कलेजकी कक्षा १२ मा अध्ययनरत हल्दिबारी–१ की रोशिका सापकोटा भइन् ।

उनीहरुले क्रमशः २० हजार र १५ हजार रुपैँयासहित आकर्षक गिफ्ट ह्याम्पर पाएका छन् । प्रतियोगिता ग्लोबल इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको हो ।

कलेजमा अध्ययनरत छात्राहरुको सौन्दर्यसहित क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रबन्धक निर्देशक कमल न्यौपानेले जानकारी दिए ।

बिर्तामोडस्थित सीटी प्यालेसमा आयोजित ग्राण्डफिनालेमा शिक्षाविद् केशव मैनाली, पत्रकार उमाकान्त खनाल, डा. प्रविन भट्टराई, अभिवक्ता पर्शुराम बानियाँ, युवा व्यवसायी सुदर्शन खतिवडा लगायत निर्णायको भूमिका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?