+
+

संविधान संशोधन गराउन कांग्रेस तयार: देउवा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १८ गते १८:३७

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको भावना अनुसार हुने संविधान संशोधनका लागि आफू सदैव तयार रहेको बताएका छन् ।

‘कांग्रेस विगतमा पनि संशोधनको प्रयास गरेकै हो’ जनकपुरधाममा शनिबारदेखि शुरु भएको जनकपुर कला साहित्य र अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्छ ।’ आफू प्रध्ानमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि यसमा सफलता प्राप्त गर्न नसकिएको उनले बताए ।

कांग्रेस सभापति देउवाले मुलुकमा संघीयता अपरिहार्य रहेको बताउँदै संघीयताबाट मुलुक पछि हट्न नसक्ने बताए । ‘संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्दैनन्’ उनले भने, ‘संघीयता नेपालको आवश्यक्ता र वास्तविकता दुवै हो ।’

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी विधेयक ल्याएको भन्दै उनले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?