+
+

खानेपानीको मुहान पुरिँदा समस्या

रासस रासस
२०७५ फागुन २० गते १४:४५
Photo Credit : File Picture

२० फागुन, पाल्पा । डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो । सडक विस्तारका क्रममा जथाभावीरुपमा डोजरको प्रयोग गरी माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहानमा माटो र ढुङ्गाले पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो गरे।

स्थानीयावासी गोविन्द भण्डारीका अनुसार मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको उच्च समस्या छ । स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहानमा सडक विस्तारका क्रममा मुहान सुक्दा समस्या सिर्जना हुँदै आएको छ ।

जथाभावी सडक विस्तारले वातावरणसमेत बिग्रने देखिएको छ । गाउँमा जाने खानेपानीको टङ्की र बजार जाने आउने छोटो बाटो सबै पुरिएपछि समस्या भएको हो । वर्षात्को समयमा फेरि समस्या हुन सक्ने चिन्ता छ ।

धजा बान्नेबाट तान्सिङगलसम्मको मोटरबाटो फराकिलो बनाएको रैनादेवी छहरा गाउँपालिका–२, वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । मोटर बाटो उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा समस्या देखिएको बताए । उनले भने, “मोटरबाटो विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको आपसी भेला गरी समधान खोजिने छ ।”

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?