+
+

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अपाङ्ग केन्द्रलाई कम्प्युटर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १९:१४

२२ फागुन, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले भक्तपुरको पेप्सीकोलास्थित उर्जाशील अपाङ्ग सशक्तिकरण केन्द्रलाई १ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकका सहायक महाप्रबन्धक रजित मास्केले केन्द्रका अध्यक्ष कपिल विकलाई कम्प्युटर हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रलाई कम्प्युटर सहयोग गरिएको बैंकले जनाएको छ ।

यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?