+
+

बसुन्धरामा विस्फोटपछि आगलागी, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते २१:४२

२४ फागुन, काठमाडौं । शुक्रबार साँझ बसुन्धारामा विस्फोट भएको छ । विस्फोटसँगै आगलागी हुँदा एक जना घाइते भएका छन् ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको पार्किङमा विस्फोट भएको हो । घटना गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका छन् ।

विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ । गाडीमा विस्फोटपछि आगजनी भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

प्रहरीले नेकपा विप्लव समूहले विस्फोट गराएको हुनसक्ने आशंका पनि गरेको छ ।

१० फागुनमा विप्लव समूहले नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?