+
+

महिला साफ : भुटानविरुद्ध नेपालको २ गोल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १५:३३

२८ फागन, विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा नेपालले भुटानविरुद्ध २-० को अग्रता लिएको छ ।

नेपालले खेलको १३ औं मिनेटमा गोल गर्दै १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि मञ्जलीकुमारी योञ्जनले गोल गरेकी थिइन् । त्यस्तै, खेलको १६ औं मिनेटमा नै नेपालले अर्को गोल गर्न सफल भयो ।

नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएकी हुन् । यो गोलसँगै सावित्राले २३ औं अन्तर्राष्ट्रिय गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?