
१० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका अधिकांश समूह राताम्मे देखिएका छन् । सेयर कारोबार मापक नेप्से परिसूचकमा ५ दशमलव ७८ अंकको गिरावट आउदा जलविद्युत्बाहेकका सबै समूह राताम्मे देखिएका छन् ।
नेप्से परिसूचक ५.७८ अंकले ओरालो लागेर १ हजार १ सय ३४ दशमलव ८० मा आइपुगेको छ । आइतबार परिसूचकमात्रै नभएर कारोबार रकममा पनि त्यति उल्लास देखिएन ।
दिनभर भएका ७ हजार ३ सय ३६ कारोबारबाट विभिन्न कम्पनीका ८ लाख ३० हजार ६८ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २३ करोड २४ लाख १ हजार रुपैयाँ पुगेको छ ।
कारोबार रकमका आधारमा आइतबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो नमबरमा पर्न सफल भएको छ । आशा लघुवित्तको आइतबार १ करोड ५५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4