+
+

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते ७:२६

२२ चैत, काठमाडौं । चैत कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

नेपाली सेनाले टुँडिखेलमा अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दैछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराले घोडे जात्राको रुप लिएको जानकारहरु बताउँछन् ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?