+
+

जीतगढीमा प्रधानमन्त्रीलाई कालोझण्डा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ७ गते १९:१०

७ वैशाख, बुटवल । शनिबार ऐतिहासिक जीतगढीको उत्सवपूर्ण माहौल थियो ।

वि.सं. १८७२ मा भएको युद्धमा अंग्रेज फौजमाथि विजय प्राप्त गरेको ऐतिहासिक ठाउँमा विजयोत्सव समारोह मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत आइपुगेका थिए ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीमा गत वर्षदेखि बुटवल उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन थालेको थियो । यस पटक प्रधानमन्त्री ओली आफैं उपस्थित भएकाले सहभागीहरु उत्साहित थिए ।

तर, जब प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका थिए, एक युवक कालाझण्डा देखाउन आइपुगे ।

मञ्चको अगाडि पत्रकारहरु भएको ठाउँ नजिकै आएर रातो सर्ट लगाएका युवकले कालो झण्डा देखाए । उनले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएपछि सुरक्षाकर्मीहरु समेत अलमल परेका थिए ।

तर, मञ्चबाट सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले कालोझण्डा देखाइरहेका छन्, के हेरिरहनु भएको छ ? भन्ने प्रश्न गरेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी रुद्रप्रसाद घिमिरेले भएको खुलेको छ ।

घिमिरे अर्घाखाँची घर भई बुटवल ११ मजुवा सुकुम्बासी वस्तीमा बस्दै आएका युवा भएको खुलेको छ । उनले विगतमा अखिल क्रान्तिकारीमा काम गरेको र हाल स्वतन्त्र रहेको प्रहरीलाई बताएका छन् ।

सरकारले गफ मात्रै बढी गरेको, भ्रष्टाचार रोक्न नसकेको बरु ठूला ठूला भ्रष्टाचार काण्ड बढेको देखेर सरकारप्रति रुष्ट भएर वविवेकले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको बयान उनले दिएका छन् ।

आफूलाई कालो झण्डा देखाएपछि प्रधानमन्त्री ओलीले कसैले अह्राएर आएको होला बिचरा भनेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब परीक्षक डिलबहादुर मल्ल भन्छन्, युवा जोशको मान्छे भएकाले चर्चा कमाउन पनि कालो झण्डा देखाएको हुनसक्छ ।’
घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?