+
+

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालभित्रै मृत भेटिइन् नर्स

विक्रम रौनियार विक्रम रौनियार
२०७६ वैशाख ८ गते १०:४३
Photo Credit : प्रतीकात्मक तस्वीर

८ वैशाख, जनकपुर । जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

हस्पिटल स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको पुष्टि गरे ।

घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान थालेको अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?