+
+

प्रयोगकर्ताको कागजातविनै सीम बेच्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १५:२०

१२ वैशाख, काठमाडौं । प्रहरीले दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

उनका अनुसार पक्राउ परेका दुई जनाले दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेल र एनटीसीको सीम कार्ड विक्री गरेका थिए ।

पक्राउ परेका दुवै जनामाथि दुरसञ्चार ऐन, २०५३ को कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?