+
+

प्रदेश ५ का मुख्यमन्त्री र पाकिस्तानी राजदूतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते १५:३४

१५ वैशाख, बुटवल । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धास्थल भएको बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग आइतबार मुख्यमन्त्री कार्यालय बुटवलमा भएको भेटवार्तामा राजदूत जावेदले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउने थलो लुम्बिनी र बुद्धका सन्देशहरु नै भएको बताए ।

उनले नेपाल र पाकिस्तानबीच लामो कुटनीतिक सम्बन्ध रहेको र यसमा कुनै समस्या नआएको उल्लेख गर्दै दुई देश बीच सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको जानकारी गराउँदै पाकिस्तानी नागरिकलाई लुम्बिनी भ्रमणको निम्ता दिए । उनले पाकिस्तानसंग सांस्कृतिक आदानप्रदान गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सहित तराईका जिल्लाहरु विविध संस्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?