+
+

बालुवाटार जग्गा प्रकरणमा शेरबहादुर देउवा दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते १०:२९
Photo Credit : यूपी लामिछाने

१७ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्छ ।’

उनले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दावीसमेत गरे ।

अर्को एक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ उनले भने ।

उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनले बताए ।

नेपाली कांग्रेसले सुरु गर्न राष्ट्रिय जागरण अभियान कांग्रेस नेता सिंह पूर्वी नेपालका जिल्ला भ्रमणमा छन् । केन्द्रीय सदस्य बलबहादुर केसी सरिता प्रसाईंसहित आधादर्जन पूर्व सांसद र आधा दर्जन जिल्ला सभापतिसहित सिंह दुई दिनदेखि संखुवासभा जिल्लाका कार्यक्रममा व्यस्त छन् । उनले सोमबार निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनको स्थलगत निरीक्षण समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?