Comments Add Comment

मिलन भन्छन्–‘शो घट्छ भनेर हलवालासँग डराएर हुन्छ ?’

‘पैसा भए देशभर हल खोल्थेँ’

मिलन चाम्स सेलिब्रिटी निर्देशक हुन् । मिलन चाम्सको विवादस्पद बयानदेखि उनको करिअरको यात्रा मिडियाका लागि राम्रै खबर बन्ने गरेका छन् । मिलनको निर्देशनमा बनेका आधा दर्जन चलचित्र रिलिज पनि भैसकेका छन् ।
उनको निर्देशनमा बनेको नयाँ चलचित्र ‘वीर बिक्रम २’ आगामी शुक्रबार अर्थात् जेठ ३ बाट रिलिज हुदैछ । रिलिज मिति नजिकिएसँगै उनी र उनको टिम चलचित्रको प्रचारमा लागिरहेको छ । यसै मितिमा अर्को प्रतिक्षित चलचित्र ‘जात्रै जात्रा’ पनि रिलिज हुँदैछ । त्यसैले मिलनलाई प्रश्न गरियो, ‘तपाई ‘जात्रै जात्रा’सँग जुध्दै हुनुहुन्छ, डर कतिको छ ?’

यसमा मिलनले फरक उत्तर दिए । उनले भने–‘म त भन्छु ‘जात्रै जात्रा’ चल्नुपर्छ । नेपाली चलचित्रहरु चल्न आवश्यक छ । अहिले यहाँ हलिउड र बलिउडको दबदबा छ । हाम्रो प्रतिष्पर्धा हामीसँग होइन, हलिउड र बलिउडसँग हो ।’
केही दिन अगाडि तीन बाहिरी चलचित्रको एकसाथ सेन्सर भएको थियो । उक्त कुरामा कसैले आवाज नउठाएकोमा उनी दुखी छन् । ‘यहाँ त नेपाली चलचित्रलाई भन्दा बाहिरी चलचित्रलाई बढी प्राथमिकता दिने गरिएको छ । हलवाल, दर्शक र मिडियाले पनि बाहिरी चलचित्रलाई प्राथमिकता दिएको अवस्था छ’, मिलनले भने, ‘यी सबै कारण हामी पछाडि परिरहेका छौ ।’

हलवालाको विरुद्धमा बोल्दा आफ्नो चलचित्रको शो घटाइदिनेसम्मको अवस्था आउने गरेको भोगाई उनको छ । ‘शो घटोस् तर, म यस विषयमा बोल्न छोड्दिनँ’, उनले भने, ‘बरु चलचित्र बनाउन छोडेर भएपनि पछाडि बसेर चलचित्र र निर्माताको हितमा हलवालासँग भिड्नेछु ।’

आफूसँग पैसा भए देशभर हल खोल्ने मनस्थिथी पनि उनीसँग छ । उनी भन्छन्, ‘यदि मसँग पैसा हुने हो भने म देशभर हल खोल्दिीन्थेँ । जहाँ नेपाली चलचित्र मात्र रिलिज हुन्थे । मलाई घाटा लागे पनि विदेशी चलचित्र रिलिज गर्दैनथ्यँ । तर, यो त सपनामा मात्रै सिमित हुने अवस्था छ ।’

मिलन पैसाको लागि ‘लोट्री’ खेलिरहेका पनि छन् । उनी भन्छन्–‘मैले लोट्री खेलिरहेको छु । यदि लोट्री पर्योे भने त पक्का हल खोल्नेछु ।’ हलमात्र भएर फिल्म चल्छ ? मिलनलाई प्रश्न गरियो । उनले भने, ‘हैन, चलचित्र पनि राम्रो हुनुपर्छ । त्यो बाहेक नेपाली चलचित्रलाई सपोर्ट नमिलेको पनि हो । नेपाली चलचित्रलाई सपोर्ट गर्ने कोही छैन ।’ नेपाली चलचित्रलाई अब सम्पूर्ण नेपालीले साथ दिनुपर्ने मिलन बताउँछन् । चाम्सले शुक्रबारदेखि रिलिज हुन लागेको आफू निर्देशित चलचित्र ‘वीर विक्रम २’ आफ्नो करिअरको आजसम्मको उत्कृष्ट चलचित्र भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment