Comments Add Comment

स्टाइलिस्ट वर्षा

शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीको महत्वकांक्षी प्रोजेक्ट हो । यो चलचित्रमा उनले मिहिनेत गरेको बताइन् । यति धेरै मिहिनेत गर्दा पनि चलचित्र चलेन भने के काम गर्नु भन्ने सोच वर्षालाई आउँछ ।

मिलन चाम्स निर्देशित यो चलचित्रमा पल शाह र नाजिर हुसेनको प्रेममा उनी छिन् । उनलाई चलचित्र भित्र वुद्दि तामाङले पनि खुबै सताएका छन् । वर्षा चलचित्रको प्रचारका क्रममा दिनरात नभनी लागिरहेकी छिन् । तर, प्रचारको क्रममा उनको पहिरनको चर्चा पनि भैरहेको छ ।

 

वर्षा आफै पनि आफू फेरिएको स्विकार गर्छिन् । वर्षाको पहिरन, स्टाइल सबै परिवर्तन भएका छन् । ‘वीर र विक्रम’को प्रेममा पर्ने उनी ‘बादल’ हुन् । वर्षा चलचित्र निकै नै राम्रो बनेको बताउँछिन् । आज बेलुकी आयोजना हुने चलचित्रका पर्पल कार्पेट प्रिमियरले पनि वर्षाको कामको बिषयमा बोल्नेछ । के ‘वीर विक्रम २’ले वर्षाको महत्वकांक्षा पुरा गर्ला, प्रतिक्षा गरौ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment