Comments Add Comment

‘जीरो’ असफल भएपछि साहरुख र आनन्द एल रायको सम्बन्ध बिग्रियो

नायक साहरुख खानलाई गतबर्षको क्रिसमसमा रिलिज भएको चलचित्र ‘जीरो’ले बक्स अफिसमा राम्रो कमाई गर्ने आशा थियो । लगातार बक्स अफिसमा असफल भैरहँदा साहरुख यो चलचित्रलाई लिएर उत्साहित पनि थिए । उनले, यो चलचित्रका लागि राम्रै लगानी समेत गरेका थिए ।

तर, बक्स अफिसमा यो चलचित्र चम्किएन । चलचित्र असफल भएपछि साहरुखलाई आर्थिक रुपमा पनि घाटा लागेको छ । योसँगै नायक साहरुख खान र निर्देशक आनन्द एल रायको सम्बन्ध समेत विग्रिएको भारतीय मिडियामा उल्लेख छ । भारतीय मिडियाका अनुसार, साहरुखले अहिले आनन्दको फोन समेत उठाउन छाडेका छन् ।

चलचित्र रिलिज अगाडि आनन्द र साहरुखले थुप्रै प्रोजेक्टमा सहकार्य गर्ने तयारी समेत गरेका थिए । आनन्दकै चलचित्रमा काम गर्ने योजना समेत साहरुखको थियो । तर, चलचित्र बक्स अफिसमा असफल भएसँगै साहरुख आनन्दसँग कुनै पनि खालको काम गर्ने मुडमा छैनन् । उनले चलचित्र असफलताको सम्पूर्ण कमजोरी आनन्दमाथि थोपरेका छन् ।

‘जीरो’ असफल भएपछि साहरुखले आफ्नो नयाँ प्रोजेक्ट समेत स्थगित गरेर बसेका छन् । उनी, तत्काल कुनै चलचित्रमा काम गर्ने मुडमा देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment