Comments Add Comment

इशाको आक्रोश–‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’

बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै भएन । किनकी, उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । जो बारम्बार ट्रोलको शिकार बन्ने गरेकी छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् ।

तर, यसपटक भने इशा आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि भड्किएकी छिन् । उनले लेखेकी छिन्–‘कतिपय अवस्थामा प्रतिक्रिया देखेर मलाई निकै नै रिस उड्छ । म सोच्छु कि मानिसको दिमागमा के के कुरा चल्छ । जो मानिससँग केही पनि गर्ने काम छैन । उनीहरु, अरुको वालमा गएर भद्दा प्रतिक्रिया दिन्छन् । तर, उनीहरुलाई के थाहा कि, त्यस्तो प्रतिक्रियाले अरुलाई के असर गर्छ ।’

उनले, आफ्नो शरीरको अंगलाई लिएर ट्रोल गर्नेलाई सुझाव दिदै भनेकी छिन्–‘यो दुनियाँमा धेरै कुरा भैरहेको छ । यसैले दोश्रो व्यक्तिको शरीरको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् । यो अमुल्य समय उपयोगी काममा खर्च गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment