Comments Add Comment

अभ्यास खेलमा इंग्ल्यान्डसँग हार्‍यो अफगानिस्तान

Photo Credit : आईसीसी

१४ जेठ, काठमाडौं । विश्वकप अघि भएको अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित गरेको छ ।

सोमबार राति लन्डनमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १६१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १७.३ ओभरमा मात्र एक विकेटको क्षतिमा भेटायो ।

इंग्ल्यान्डका लागि जासन रोयले अविजित ८९ रन बनाउँदा अर्का ओपनर जोनी बैरस्टोव भने ३९ रनमा आउट भए । रोयले ४६ बलमा ११ चौका र चार छक्का प्रहार गरेका थिए । यता, जोनीले २२ बलमा सात चौका र एक छक्का प्रहार गरे । त्यस्तै, जोइ रुट २९ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा १६० रन मात्रै बनाएको थियो । अफगानिस्तानका लागि मोहम्मद नावीले ४४, नोर अली जाद्रनले ३० र दवालत जाद्रनले अविजित २० रन बनाए ।

बलिङतर्फ जोइ रुट र जोफ्रा एर्चरले समान ३–३ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment