+
+
Shares

विष्णु पौडेललाई ‘भ्रष्टाचारी’ भन्दै कांग्रेसले छर्‍यो पर्चा

टोपराज शर्मा टोपराज शर्मा
२०७६ जेठ १३ गते ९:१२

१३ जेठ, बुटवल । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ ।

नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो । पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको नगर सभापति पाण्डेले बताए ।

यस्तो छ कांग्रेसले छरेको पर्चा

नेकपा महासचिव पौडेल बुटवल प्रदर्शनी केन्द्रको शिलान्यास गर्न बुटवल आएका छन् । उनले केहीबेरअघि प्रदर्शनी केन्द्रको शिलान्यास पनि गरेका छन् ।

निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्शासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको भन्दै नगरसभापति पाण्डेले अहिले प्रचारका लागि शिलान्यास गरिएको बताए । उनले नेपाली कांग्रेस प्रदर्शनी केन्द्र निर्माणकै पक्षमा रहेको स्पष्ट पारे ।

 

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?