Comments Add Comment

कुलमानले गरे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको निरीक्षण

१३, जेठ, चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

धुर्मस सुन्तली फाउण्डेशनको पहलमा निर्माण अघि बढेको रंगशालास्थल भरतपुर महानगरपालिका १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतिको बारेमा जानकारी लिए ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणका बारेमा घिसिङलाई जानकारी गराएका थिए । अध्यक्ष कट्टेलले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनुअघिका कामहरु सबै तीब्र गतिमा अघि बढाइएको जानकारी दिए । रंगशाला निर्माणस्थलको कम्पाउण्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआर लगायतका कामहरु अघि बढिरहेको जानकारी कट्टेलले घिसिङलाई गराए ।

रंगशालास्थल निरीक्षणपछि कुरा गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा सवै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए । घिसिङले रंगशाला निर्माणस्थलको छनोट उपयुक्त रहेको भन्दैं तोकिएकै समयभित्र रंगशाला निर्माणको काम सकेर जनतालाई खुसीको सञ्चार गराउन निर्माण पक्षलाई आग्रह गरे ।

रंगशाला निर्माणका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, सव स्टेशन निर्माणमा प्राधिकरणले खुल्ला हृ्रदयका साथ सहयोग गर्ने वचन घिसिङले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई दिए । रंगशालाको पुरा डीपीआर आएपछि काम गर्न अझै सजिलो हुने भन्दैं कार्यकारी प्रमुख घिसिङले नआत्तिन कट्टेललाई ढाडस दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment