Comments Add Comment

राइड टु रानीमहलको तयारी पूरा

२१ जेठ, बुटवल । साइकल सिटी बुटवल र रुपन्देही जिल्ला साइकल संघको आयोजना तथा धरोहर एडभेन्चरको सहआयोजनामा हुने राइड टु रानीमहलको तयारी पूरा भएको छ ।

प्रदेश सरकारले यो वर्ष लुम्बिनी पर्यटन वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रमहरुको तयारी गर्दा स्थानिय युवाहरुले कार्यक्रम गर्न लागेको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका अध्यक्ष पुुकार थापाले बताए ।

कार्यक्रममा धरान, पोखरा, काठमाडौं, कपिलवस्तु, दाङका सय बढी साईक्लिस्टहरु सहभागि हुने थापाले बताए । दुई हजार प्रवेश शुल्कमा २ दिन एक रातको प्याकेज बनाइएको उनले बताए । जसमा २ वटा ब्रेकफाष्ट, २ लन्च र एउटा डिनर रहेको छ । साथमा रानीमहलमा नै बारबिक्यु, डिजे पार्टी र स्पेशल कार्यक्रमहरु गरिने उनले बताए ।

साइकल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधारले यो कार्यक्रममार्फत पर्यटन प्रवर्द्धनको लक्ष्य राखेको बताए । साइक्लिङलाई पर्यटनसंग जोड्ने गरी प्रत्येक वर्ष कार्यक्रमहरु गर्दै आएको अशोक राईले बताए ।

बुटवलबाट रानीमहलको करीब ५४ किलोमिटरको दुरीलाई जोड्ने गरी कार्यक्रम गरिँदा साहसिक खेल पर्यटनका रुपमा विकास हुने बताए । दुई दिन र एक रातको कार्यक्रममा करीब ५ लाख खर्च अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment