Comments Add Comment

पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो । त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

मात्र दुई रन जोड्दा पहिलो विकेट गुमाएको उसको पारी सुनिल धमला र अमित श्रेष्ठले सम्हाले । श्रेष्ठ व्यक्तिगत ४४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ५४ रन थियो ।

आरिफ शेख ६, पवन शरार्फ १, दिपेन्द्र सिंह ऐरी ७ र कुशल भुर्तेल ६ रनमा आउट भए । तर, एउटा एण्ड सम्हालेका ओपनर धमला ४२ रनमा अविजित रहे । मंजित श्रेष्ठ ११ रनमा नटआउट रहे ।

करण केसीले ३ र शाहब आलमले २ पिकेट लिएपनि टिमको हार गर्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले राम्रो सुरुवात गरेको थियो । ओपनर राजु रिजाल र सोमपाल कामीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरको गिए । तर, दुबै आउट भएपछि आर्मी धिराशाही भयो र ३३.३ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउ सक्यो । भीम सार्कीले २० र रोहितकुमार पौडेलले १८ रन बनाए भने अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र शवन शरार्फले समान ४÷४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment