+
+
Shares

एनआइबिएल र साझेदार बैंकहरुबीच सान्जेन खोला जलविद्युत सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १९:०८

३१ जेठ, काठमाडौं । एनआइबिएल र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा ‘सिन्डिकेटेड फेसिलिटी’को सम्झौता भएको छ।

उक्त जलविद्युत आयोजना ‘चाइना हरबोर इन्जिनियरिङ कम्मनी’द्घारा प्रवर्धित सालासुङगी पावर कम्पनीले निर्माण गर्ने बैंकले जनाएको छ।

आज भएको सम्झौता समारोहमा एनआइबिएलका साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरे।

यो ‘रन अफ द रिभर’मा आधारीत आयोजना हो,जुन रसुवाको सान्जेन खोलामा निर्माण हुनेछ। सान्जेन खोला आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्यूमेकप्रति सेकन्ड रहने र नेट हेड करिब १००० मिटर रहने छ । यो आयोजनाको कुललागत . १३ अर्व २ करोडको हुने बैंकको भनाइ छ।

उक्त आयोजनामा ९२ प्रतिशत इक्विटी चाइना हर्बोर इन्जिनियरिङ कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरुको रहने छ ।
हाल बैंकले उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?