Comments Add Comment

रियल मड्रिडले किन्यो जापानी मेस्सी

३१ जेठ, काठमाडौं । जापानी मेस्सीका रुपमा चिनिने युवा फुटबलर ताकेफुसा कुबोलाई स्पेनिस क्लब रियल मड्रिडले किनेको छ । कुबोलाई ल्याउन स्पेनिस क्बल बार्सिलोनाले पनि लगातार प्रयास गरिरहेको थियो ।

जापानी क्लब टोक्यो एफसीबाट लोनमा योकाहामा क्लबमा रहेका १८ वर्षका कुबोलाई मड्रिडले ६ वर्षको सम्झौता गर्दै ल्याएको हो । दुई मिलियन युरोमा ल्याइएका उनले प्रत्येक सिजन एक मिलियन युरो थप पाउने छन् । फरवार्ड कुबो मड्रिडको बी टिममा रहेर खेल्ने छन् ।

२०११ देखि २०१५ सम्म बार्सिलोनामा रहेर फुटबल सिकेका कुबोलाई आफूहरुले क्लबमा ल्याउन सक्नु उपलब्धी रहेको मड्रिडले उल्लेख गरेको छ । उनलाई आउँदो सिजन बी टिममा खेलाए पनि पहिलो रोजाइँको टिममा पुग्न सक्ने खेलाडीका रुपमा हेरिएको छ ।

२०१४ मा नै बार्सिलोनाले कुबोलाई ल्याउन गरेको प्रयास उमेर नपुगेका कारण फिफाले रोकेको थियो । साथै उनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले समेत लैजान खोजिरहेको थियो ।

बार्सिलोनाका स्टार खेलाडी मेस्सीको शैलीसँग तुलना गरिने कुबोले रियल मड्रिड आएपछि नयाँ उचाइ पाउने फुटबल विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment