+
+

पोखराको खानेपानी आयोजनालाई दोस्रो मेलम्ची नबनाइयोस् !

अमृत सुवेदी अमृत सुवेदी
२०७६ जेठ २९ गते ०:२२

२८ जेठ, पोखरा । पोखरेलीको सफा पानी पिउने सपना पुरानो हो । जब बर्षा सुरु हुन्छ, पोखराका घरघरका धारामा पानी होइन, लेदो आउँछ । बर्षा लागेपछि मर्दी खोलाबाट सिधै लेदो पानी आउने समस्या यहाँ वषौंदेखिको हो ।

पोखरेलीलाई स्वच्छ र सफा पानी उपलब्ध गराउने आयोजनाको सोमबार खानेपानी मन्त्री बिना मगर र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शिलान्यास गरेका छन् । यो आयोजना लगानीका हिसाबले मेलम्चीपछि दोस्रो ठूलो आयोजना हुनेछ ।

तर, पोखरेलीलाई एउटै चिन्ता छ, धेरै वर्षसम्म पानी नआउने दोस्रो मेलम्ची नबनोस् ।

‘मेलम्चीका कति लगानी छ भन्ने हामीलाई थाहा छैन । एउटा कुरा थाहा छ, मेलम्चीको पानी पिउने समना देखेको वषौं भइसक्यो,’ पोखरा न्युरोडका प्रकाश कार्की भन्छन्, ‘पोखरेलीलाई पनि यो त्यस्तै वषौंसम्म पनि नबन्ने योजना नबनोस् ।’

मर्दी खोलाबाट आउने पानीको कास्की पुन्चौरमा ३ वर्षभित्र सम्पन्न गर्ने योजना छ । जापान सरकार सहयोग संस्था (जाइका)को सहयोगमा नेपाल खानेपानी संस्थानले पोखरामा वितरण हुने पानीको शुद्धीकरण आयोजना निर्माण गर्न लागेको छ ।

पानी थिग्राउने (सेडिमेन्ट ट्यांक), फिल्टर, सफा पानी मात्रै संकलन गर्ने ट्यांकी र क्लोरिनेसन प्लान्ट निर्माण गरी पोखरालाई शुद्ध पानी खुवाउने लक्ष्य छ । ४ अर्ब २१ करोड जापानी येनको बोलपत्र आह्वान गरिएको आयोजनालाई ठेकेदार कम्पनील ३ अर्ब ९४ करोड २७ लाख जापानी येनमा निर्माणको जिम्मा पाएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए ।

यो आयोजना निर्माण भएपछि ४ करोड १ लाख लिटर पानी दैनिक शुद्धीकरण हुनेछ । हाजमा इन्डो कर्पोरेसनसँग संस्थानले २०७५ फागुनमै ठेक्का सम्झौता गरिएको छ ।

शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ ।

पोखराका ३ ठाउँमा सफा पानी संकलन गर्ने २०÷२० लाख लिटर क्षमताको ट्याङ्क निर्माण हुने छ । प्रस्याङ, फूलबारी, कोलपाटन निर्माण हुने ट्याङ्कमार्फत पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन आयोजना निर्माण कम्पनीले नै बिछ्याइने छ । सन् २०२२ डिसेम्बर ३१ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

जाइकाले ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएकोमा खानेपानी संस्थानलाई १ प्रतिशत ब्याजमा ३० वर्षसम्मका लागि सस्तो ऋण उपलब्ध गराइएको डा. भुपेन्द्र प्रसादले जानकारी दिए । मर्दी खोलाबाट शुद्ध पोखरामा शुद्ध खानेपानी ल्याउने वषौंदेखिको पोखरेलीले सुनेको योजना हो ।

सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो । शिलान्यासपछि खानेपानी मन्त्री बिना मगरले तोकिएको समयमै शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिवद्ध रहेको बताइन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले पनि अबको १ वर्षभित्रै सबै ठाउँमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य राखेको सुनाउँदै शुद्ध खानेपानी वितरणमा पनि प्रदेशले योजनावद्ध काम गर्ने बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले खानेपानी, सडक र प्राविधिकरणबीचको समन्वय नहुने र झन्झटिलो प्रक्रिया पनि विकासको बाधक भएको बताए ।

वषौंदेखिको आयोजना सुरु हुनु पोखराका लागि खुसीको कुरा भए पनि समन्वयको पाटोलाई कसिलो बनाउन उनले आग्रह गरे । विभिन्न राजनीतिक दलका नेताले वषौंदेखिको सपना र मिहिनेतपछि सुरु भएको आयोजनाले पोखरेलीलाई खुसी बनाएको बताउँदै समयमै सकिनेमा विश्वास व्यक्त गरे ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?