+
+

घरमै उत्पादन हुने समान पनि भारतबाट आइरहेको छ : मेयर सरावगी

वीरगञ्जमा ४ दिने बजार मेला व्यवसायिक उत्सव शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १३:१२

८ असार,  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले घरमै उत्पादन हुने समान भारतबाट आयात हुनु दुःखद भएको बताएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साले आयोजना गरेको बजार मेला व्यवसायिक उत्सव आयोजनाको उद्घाटनमा उनले गृहणी महिलाले सीप सिकेर घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दुखद भएको बताएका हुन् ।

‘घर घरमा उत्पादन हुन सक्ने समान समेत भारतबाट आयात भइरहेको छ, वीरगञ्जमा मात्रै ५० हजार गृहणी महिला होलान्, उनीहरु काम गर्न चाहन्छन् भने आवश्यकताका आधारमा सिप सिकाएर स्वरोजगार बनाउन सकिन्छ’ उनले भने ‘घरमा काम गरिसकेपछि फुर्सदको समयमा काम गर्दा हुन्छ, उत्पादित समान कहाँ, कसरी बिक्री गर्ने भन्ने सवालमा घरेलु, उद्योग वाणिज्य संघ र महानगरपालिकाले समन्वय गरिदिनुपर्छ ।’

विगतमा घरेलु तथा साना उद्योग कार्यालय मात्रै नभएर महानगरपालिकाले दिएका सीपमूलक तालिम त्यसै खेर गएको नगर प्रमुख सरावगीकोे भनाइ छ । ‘घरेलु तथा साना उद्योग कार्यालय, महानगरपालिका लगायत विभिन्न संघ संस्थाले विभिन्न तालिम दिएका छन्, तालिम पछि के कति जना स्वरोजगार भए त ? भनेर खोज्दा एकदमै न्युन देखिएको छ’ उनले भने, ‘यसरी आवश्यकता नहेरी उपलब्धी नहुनेगरी खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’

सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराका साथ शुरु गरिएको मेला असार १२ गतेसम्म चल्ने घरेलु तथा साना उद्योग कार्यालयकी लेखा अधिकृत सरिता खड्काले बताईन् । मेलामा प्रजेक्ट प्रेमा एण्ड मार्ट, वुमन स्किल सेन्टर, चेली कृषि सहकारी संस्था, हिमोरा प्लाष्टिक उद्योग लगायतका संघ संस्थाका १० वटा स्टल राखिएको छ । मेलामा डल कुसन, महिलाले प्रयोग गर्ने विभिन्न सामाग्री, अचार, पापड, जुत्ता चप्पललगायतका हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जकी प्रमुख उद्योग अधिकृत रिमा साहले उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?