+
+

आयुष्मान र शिल्पाको ‘सानो मन’ पछि सर्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १२:५०

असार २० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘सानो मन’को प्रदर्शन मिति एक साता पछि सरेको छ । प्राविधिक पाटोको काम बाँकी नै रहेकाले निर्धारित मितिमा चलचित्र रिलिज गर्न नसकिएको निर्माणपक्षले बताएको छ । अब यो चलचित्र असारको २७ गतेबाट रिलिज हुनेछ ।

निर्माता राजेन्द्र मानन्धर भन्छन्–‘हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरि एक हप्ता ढिलो आउन लागेका हौं ।’ सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा आयुष्मान देशरा जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको छायांकन काठमाण्डौ, भैरहवा र बैंककमा भएको छ । समिर सुनवार र निर्देशक सुयोग गुरुङको लेखनमा तयार भएको चलचित्रलाई आलोक शक्लाले छायांकन गरेका हुन् । चलचित्रमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल, राजेन्द्र मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । म्यूजिकल लभ स्टोरी कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?