+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

टोखा सडकमा टेक्नै मुस्किल !

चन्द्र आले चन्द्र आले
२०७६ असार १४ गते १८:०१

१४ असार, काठमाडौं । उपत्यकामा पछिल्लो समय नयाँ बस्तीका रुपमा विकास भएको छ, टोखा क्षेत्र । विद्यालयदेखि ठूलो अस्पताल पनि खुलेका छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल त्यही छ ।

तर त्यही टोखा जाने सडकको हालत भने हेरिनसक्नु भएको छ । दैनिक ठूला तथा साना गाडीहरु हिलोमा गाडिएर फस्छन् र विरामी लिएर अस्पताल जाँदै गरेको एम्बेलुेन्स समेत जाममा पर्छ ।

सडक यति जीर्ण हुनुको एउटै कारण हो, समयमै मर्मत नहुनु । यात्रुहरुले दैनिक कस्ट झेलिरहँदा पनि सडक विभागका अन्तरगतको काठमाडौं सडक डिभिजन कार्यालयले भने मर्मत गर्न चासो देखाएको छैन ।

विभागलाई यो सडकको दुरवास्थाबारे जानकारी नभएको भने होइन । सडक विभागका प्रवक्ता शिबहरि सापकोटा बजेट अभावका कारण सडक मर्मत हुन नसकेको बताउँछन् । उनको भनाइमा चालु आर्थिक वर्षमा यो सडकमा कालोपत्रे गर्न सम्भव छैन ।

‘यतिबेला कालोपत्रे गरेर पनि अर्थ हुँदैन, त्यसैले हामी तत्कालै सडकको अवस्था सुधार्न ग्राभलिङ गर्छाैं,’ उनी भन्छन्, ‘अर्को वर्षको बजेटमार्फत यस्ता जीर्ण भएका सडकलाई प्रामिकता दिएर कालोपत्रे गर्ने योजनामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?