Comments Add Comment

भारतसँगको समन्वयमा मलंगवाको निकास खोलियो

Photo Credit : www.facebook.com/youthsofmalangwa

२७ असार, काठमाडौं । भारतसँगको सीमानामा पानीको निकास थुनिएर जलमग्न भएको सर्लाही सदरमुकाम मलंगवामा पानीको सतह घट्न थालेको छ ।

भारतसँगको समन्वयमा निकास थुनिएको ठाउँ खुलाएपछि सदरमुकाम मलंगवामा जम्मा भएको पानी बग्न थालेको हो ।

मलंगला नगरपालिका र भारतको सोनर्वााको सीमानामा दशगजा क्षेत्रमा पानीको निकास जाने ठाउँ बन्द हुँदा सदरमुकाम जलमग्न भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

‘मलंगवाको मेयर साब, प्रहरीको एसपीसाब र हामी गएर छलफल गरी खुलाएका छौं’ उनले अनलाइनखबरसँग भने । पानीको निकास जाने ठाउँमा जलकुम्भीहरु धेरै पलाएर र माटो जम्मा भएर बन्द भएको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।

मलंगवाका मेयर निरसल साहले पानी पर्न छाडेपछि मलंगवामा पानी नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment