Comments Add Comment

अफगानिस्तानको कप्तानमा राशिद

२७ असार, काठमाडौं । अफगानिस्तानका कप्तानमा राशिद खान नियुक्त भएका छन् ।

अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार अफगानिस्तानको कप्तानमा राशिद खानलाई बनाएको हो । विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको कारण गुल्बादिन नाइबलाई हटाउँदै अफगानिस्तानले नयाँ कप्तानको रुपमा युवा खेलाडी राशिद खानलाई जिम्मेवारी सुम्पिएको हो ।

उनलाई टेष्ट, एकदिवसीय र टी-२० गरी तीनै फर्म्याटको कप्तान बनाएको अफगानिस्तानको आधिकारिक पेसबुक पेजले उल्लेख गरेको छ । योसँगै अफगानिस्तानले २० वर्षीय युवा लेग स्पिनर कप्तान पाएको हो ।

अफगानिस्तानले विश्वकप क्रिकेटको लागि गुल्बादिन नाइबलाई कप्तानीको जिम्मा दिएको थियो । तर, अफगानिस्तानले त्यस्तो कुनै जादुमयी प्रदर्शन गर्न सकेन । उसले खेलको ९ खेलमध्ये सबै खेलमा हार ब्यहोरेको थियो ।

त्यस्तै, उपकप्तानमा अश्घर अफगानलाई बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment