+
+
Shares

इंगल्याण्डविरुद्ध अष्ट्रेलियाको कमजोर ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १५:४८

२६ असार, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध खराब सुरुवात गरेको छ ।

वर्मिंघममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले सुरुवातमै महत्वपूर्ण तीन विकेट गुमाएको छ । कप्तान आरोन फिन्च शून्य रनमै, डेभिड वार्नर ९ र पिटर ह्याण्डसकम ४ रनमा आउट भए । अष्ट्रेलियाले उस्मान ख्वाजाको स्थानमा पिटरलाई डेब्यु गराएको हो ।

उपाधि दौडलाई कायमै राख्नका लागि दुबै टिमलाई आजको खेलमा जित हार्ने दाउमा छन् । आजको विजेताले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?