+
+

प्रधानमन्त्री रोजगार कार्यक्रम : १ लाख ७६ हजारले रोजगारी पाएको दावी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते ३:००
Photo Credit : काठमाडौं महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रम गर्दै ।

१६ साउन, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताएको छ । ६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने फरक छ ।

‘औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको देखिन्छ’ मन्त्रालयले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?