Comments Add Comment

काउटिन्हो बार्सिलोनामै बस्ने सम्भावना बढ्यो

काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो बार्सिलोनामै बस्ने सम्भावना बढेको छ ।

गत सिजन महंंगो मूल्यमा लिभरपुलबाट बार्सिलोना गएका काउटिन्होको प्रदर्शन अपेक्षाकृत हुन सकेन । त्यसैले यो सिजनलाई उनलाई बेच्न खोजिएको थियो ।

इंग्लिस क्लब टोटनहृयाम र आर्सनलले उनलाई अनुबन्ध गर्ने इच्छा पनि देखाएको थियो । तर सहमति हुन सकेन ।

८ अगष्टमा इंग्लिस ट्रान्सफर सकिएसँगै उनी बार्सिलोनामै रहने सम्भावना बढ्यो ।

यद्यपि बार्सिलोनाले पेरिस सेन्ट जर्मेनबाट नेयमारलाई फर्काउने प्रयास गरिरहेको छ । यो प्रयास सफल भएको अवस्थामा काउटिन्हो पेरिस जानसक्छन् । –मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment